प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०८०
झुन्डी मृत्यू: तनहुँ
२०८०-१२-१३

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको । 

झुण्डी मृत्यु : तनहुँ
२०८०-१२-०५

जिल्ला तनहुँ म्याग्दे गा.पा.६ सेराटार बस्ने कृष्ण बहादुर थापाको श्रीमती वर्ष २८/२९ की शर्मिला श्रेष्ठ थापा आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा निजको आफन्तले देखि तत्काल डोरी काटी उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारा लगेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई बुझ्दा निजको उपचारको क्रममा ०८:१० बजे डाक्टरले मृत घोषणा गरेकोले, लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भईरहेको, निज मृतकको २ वटा बच्चा रहेको, श्रीमान बैदेशिक रोजगारीमा रहेको भन्ने बुझिएको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<